राष्ट्रिय मा.वि हीरक जयन्ती : मुल आयोजक र कार्य सम्पादन समिति गठन


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८० मा प्रकाशित




कार्तिक २५ पोखरा । स्थापनाको ७५ औ वर्ष प्रवेशको अवसरमा हीरक जयन्ती मनाउने तयारीमा जुटेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले शनिबार सरोकारवालको भेला सम्पन्न गरेको छ । आउदो मंसिर २० गते विद्यालय आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गर्दैछ ।

हीरक जयन्तीको पुर्व सन्ध्यामा शनिबार विद्यालयमा अध्यन गरेका पूर्व विद्यार्थी, पूुर्व शिक्षक/कर्मचारी, पूर्व विद्यालय व्यवस्थापन समितिका पदाधिकारी एंव सदस्य, पुर्व शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्य सगै सरोकारवाला बिचको भेला पछि भएको छलफलले हीरक जयन्तीका लागि मूल आयोजक समिति र कार्य सम्पादन समित गठन गरेको छ ।

गठन भएको दुवै समितिको संयोजकमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम विक्रम राणा संयोजक रहेका छन् भने सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक ईश्वरी प्रसाद सापकोटा रहेका छन् ।

शनिबारको भेलामा १६८ जना उपस्थित रहेकोमा उनीहरु सवैलाई मूल समितिको सदस्यमा चयन गर्ने भेलाले निर्णय गरेको छ । समितिमा आवश्यकता अनुसार सरोकारवाला अन्यलाई पछि सदस्यमा थप गर्ने अध्यक्ष राणाले जानकारी दिए ।

२१ सदस्य कार्य सम्पादन समितिको उपाध्यक्षमा विद्यालयका लागि जग्गा दान गर्ने जग्गादाता रत्नाखर पराजुली परिवारको तर्फबाट शिव प्रसाद पराजुलीलाई भेलाले चयन गरेको छ । समितिको सहसचिवमा स्थानीय कल्पना आर्चाय बास्तोला, कोषाध्यक्षमा पुर्व विद्यार्थी सृर्य प्रसाद सुवेदी र सह कोषाध्यक्षमा विद्यालयका लेखापाल गिता अधिकारीलाई भेलाले चयन गरेको छ । शनिबार सम्पन्न भेलाका लागि सरोकारवालसंग समन्वयको काम शिक्षक नारायण प्रसाद चापागाई र खेमराज अधिकारीले गरेका थिए ।

विद्यालय वयवस्थापन समितिका अध्यक्ष राम विक्रम राणाको अध्यक्षतामा भएको भेलामा पोखरा महानगरपालिका वडा नम्बर १ का अध्यक्ष शाहारा प्रधान, विद्यालयका पूर्व विद्यार्थी, शिक्षक सगै व्यवस्थापन समितिका अध्यक्ष भएर काम गरेका रामराज रेग्मी, समाजसेवी विश्व मोहन गौचन, पुर्व विद्यार्थी तिर्थ श्रेष्ठ, टिकाराम ढुंगाना, ऋषि पौडेल, कल्पना आर्चाय बास्तोला, चक्रपाणी सुवेदी, विष्णु प्रसाद अधिकारी, बोधराज गिरी लगायतले आ–आफनो भनाई व्यक्त गदै हीरक जयन्तीलाई भव्य र सभ्य रुपमा प्रभावकारी ढंगले गर्न सुझाव दिए ।

भेलाले हीरक जयन्ती आउदो १ बर्षसम्म (२० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म) विभिन्न कार्यक्रम गरि भव्य रुपमा मनाउने निर्णय समेत गरेको छ । आउदो मंसिर २० गते आयोजना गरिने प्रभात फेरी सगै हीरक जयन्तीको शुभारम्भ कार्यक्रम भब्य र सभ्य रुपमा सम्पन्न गर्न सबैले आ आफनो सहयोग गर्ने निर्णय समेत भेलाले गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।