पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल निर्वाचित


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा लेडी जेसीजको अध्यक्षमा गायत्री फुयाँल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न ३० औं शाखा अधिवेशन तथा ३५ औं वार्षिक साधारणसभाले फुयाँलको अध्यक्षतामा २०२४ का लागि सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको हो ।

त्यसैगरि उपाध्यक्षमा रेजिना कटुवाल, सृजना आले, करुणा पाण्डे, सगुन पौडेल र निर्देशकमा इन्दिरा तिमिल्सिना, इन्द्रेणी चालिसे,गिता कुमारी सुवेदी, सरिता गोदार चुनिएका छन् ।

संस्थाको कानुनी सल्लाहकारमा अनिता खड्का, कार्यकारिणी उपाध्यक्षमा सुनिता गौतम, सचिवमा गीता ढुंगाना, कोषाध्यक्षमा संगिता अधिकारी चयन गरेको छ ।

निर्वाचन आयुक्त विनिता सापकोटा र अधिवेशन निर्देशक लक्ष्मी अधिकारी रहेका थिए ।

यसैबीच उद्घघाटन शत्रलाई सम्बोधन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सस्थाले गरेका सामाजिक उत्तरदायित्वका कामहरूको प्रशम्सा गर्दै अधिबेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए । लता कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।