पोखरा, मंसिर १३
पोखराको चर्चित देउराली व्याण्डका गायक आनन्दराज बज्राचार्यले ल्याएको ‘तिमी बिना’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बज्राचार्यले हालैमात्र ल्याएको सो गीतको भिडियो मंगलबार यूट्यूवमार्फत सार्वजनिक गरिएको हो ।
आनन्दराज बज्राचार्यको स्वरमा स्वराङ्कन भएको सो गीतको रचना सनमन गुरुङले गरेका हुन् भने संगीतपनि उनैले भरेका हुन् । गीतको संगीत संयोजन अमित गुरुङले तथा रेकर्डिङ÷माष्टरिङ दीपक लामाले गरेका छन् ।
नेत्र गुरुङको निर्देशन तथा सम्पादनमा बनेको ‘तिमी बिना’ गीतको म्यूजिक भिडियोमा सोफी धरेल र सरोज पौडेलले अभियन गरेका छन् । म्यूजिक भिडियोको क्यामेरामा रोहित पाण्डे र मेकअपमा विनिता गुरुङ रहेको गायक आनन्दराज बज्राचार्यले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







