अन्तर विद्यालय हाजिरी जवाफमा विन्ध्यवासिनी प्रथम


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८० मा प्रकाशित




मंसिर १५ पोखरा । पोखराको वाटुलेचौरमा भएको अन्तर विद्यालय स्तरिय हाजिरी जवाफ प्रतियोगितामा विन्ध्यवासिनी मा.वि प्रथम भएको छ ।

विन्ध्यवासिनी मा.विले आयोजना गरेको सामुदायिक विद्यालय स्तरिय प्रतियोगितामा भा।ती भवन मा.वि द्वितिय र नारायण आधारभूत विद्यालय तृतिय भएका छन् । कक्षा १ देखि ३ सम्म अध्ययन गर्ने विद्यार्थीले सहभागिता जनाएको प्रतियोगितामा १४ वटा विद्यालय सहभागी भएको कार्यक्रम संयोजक आधारभूत तहका सह इन्चार्ज गोविन्द शर्माले जानकारी दिए ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगर शिक्षा महाशाखाका शिक्षा अधिकृत जीवन रेग्मीले विद्यार्थीको व्यक्तित्व तथा नेतृत्व विकासका लागी अतिरिक्त कृयाकलाप महत्वपुर्ण हुने बताए ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य गुरुदत्त भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद आचार्य, शिक्षक अभिभावक संघका अध्यक्ष भिमप्रसाद पौडेल, सहायक प्रधानाध्यापक राम ब. बानिया, लगायतले बोलेका थिए ।

कार्यक्रममा विजयी विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरिएको र यस्ता कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिईने संयोजक शर्माले बताए । कार्यक्रमको सञ्चालन शिक्षिका उमा अधिकारीले गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।