नेत्रहीन संघ कास्कीमा पुनः सापकोटा


     एभरेस्ट आवाज    
     मंसिर १६ गते २०८० मा प्रकाशित




मंसिर १६ पोखरा । नेत्रहिन संघ कास्कीको अध्यक्षमा दोश्रो कार्यकालकालागि पुनः श्रीकान्त सापकोटा दोहोरिएका छन् ।

शनिबार संघको २६ औं वार्षिक साधरणसभा तथा ११ औं अधिवेशनले सापकोटाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संघको उपाध्यक्षमा अमृत बराल, महिला उपाध्यक्षमा सुनिता ज्ञवाली, सचिवमा सुशील गोदार, कोषाध्यक्षमा सम्राट गौतम, सहसचिव अर्पण कोईराला चयन भएका छन् । यस्तै सदस्यहरुमा डा.सरद कोईराला, सीता रिजाल, ज्योति पौडेल, जितकुमारी बराल, प्रमोद दाहाल ,अक्षय खड्गी र सन्त बहादुर परियार निर्विरोध निर्वाचित भए ।

यसअघि कार्यक्रमको अपांग महासंघ गण्डकी प्रदेशका अध्यक्ष तथा नेपाल नेत्रहीन संघ केन्द्रका वरिष्ठ उपाध्यक्ष खोमराज शर्माले उद्घाटन गरेका थिए ।

संस्थाका अध्यक्ष श्रीकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल नेत्रहीन संघ केन्द्रका महासचिव शिशिर खनाल, नेत्रहीन संघ गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण सुवेदी , गिरिधारी सुवेदी, दिपक अधिकारी र दण्डपाणि ढकाल लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।