स्टेप बाई स्टेप मा.वि. मा खेलकुद प्रतियोगिता सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०८० मा प्रकाशित




स्टेप वाई स्टेप मा.वि. मासवार पोखराको दुई दिवसीय ३५ औँ वार्षिक खेलकुद प्रतियोगिताको अन्तिम दिन मङ्गलबार विभिन्न खेलहरु अन्तिम चरणका फाइनल प्रतिश्पर्धा मालेपाटन चौर र विद्यालय प्राङ्गणमा सम्पन्न भएका छन् । भलिबल, रिले दौड, कुर्सी दौड, टग अफ वार आदि खेलहरुको फाइनल सोमवार सपन्न भैसकेका थिए भने फुटबल, टेवल टेनिस, टग अफ वार खेलहरु मङ्गलबार सम्पन्न भएका छन् ।

दुई सय मिटर दैडको सिनियर छात्र तर्फ आश्रय कुवाँर प्रथम, रोदिप थापा द्वितीय र आशीश रसेइली र युजन गुरुङ्ग तृतीय भएका छन् भने छात्रा तर्फ कृतीका अधिकारी, पेलोरिका तिमिल्सीना, किन्जल गिरी क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् । जुनियर छात्र तर्फ रोशित लामिछाने प्रथम, प्रसङ पौडेल द्वितीय र आयुष करण तृतीय भएका छन् भने छात्रा तर्फ आकृती थापा, अनुशका शर्मा, अन्जिला बसौला र लक्षमी तामाङ्ग क्रमशः प्रथम, द्वितीय र तृतीय हुन सफल भएका छन् ।

सिनियर फुटबल तर्फ मार्कोनी सदनको अनुप गिरीको टिम प्रथम भएका छन् भने ग्यालिलियो सदनको आश्रय कुवँरको टिम द्वितीय हुन सफल भएका छन्, जुनियर फुटबल तर्फ आइन्सटाइन सदन प्रथम भएका छन् भने न्युटन सदनको टिम द्वितीय हुन सफल भएका छन्, छात्रा रिले दौड तर्फ आइन्स्टाइन सदनको बर्षा सापकोटाको समूह प्रथम भएका थिए भने छात्रा सिनियर टग अफ वार तर्फ आइन्सटाइन सदनका रासिका श्रेष्ठको समूह प्रथम भएका थिए भने न्युटन सदनका बर्षा सापकोटाको समूह द्वितीय हुन सफल भएका थिए । सिनियर छात्र टेवल टेनिसमा सुहान थापा प्रथम र सुसान्त गिरी द्वितीय भएका थिए भने विकल जी.सी र प्रिन्स देवकोटा तृतिय हुन सफल भएका छन् । सिनियर छात्रा टेबल टेनिसमा किन्जल गिरी प्रथम र जेनिफर चौधरी द्वितीय भएका छन् ।

खेल शिक्षक इच्छा गुरुङ्को संयोजकत्वमा सम्पन्न खेलकुद प्रतियोगितामा डक्टर थापा, मेघनाथ गिरी, नवीन राना, रामचन्द्र शर्मा र युवराज लामिछानेले रेफ्रिको भूमिका निर्वाह गरेका थिए । आइन्स्टाइन, मार्कोनी, ग्यालिलियो र न्यूटन गरी चार सदनमा विभाजित विद्यार्थी बिच सदनात्मक रुपमा प्रतिश्पर्धा गराइएका खेलहरुमा विजेता विद्यार्थीहरुलाई विद्यालयका संस्थापक निर्देशक रमाकान्त बराल र संस्थापक प्रिन्सिपल निर्मला बरालले अविर लगाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।