एभरेस्टकर्मी श्रेष्ठलाई ‘यूआरएल पत्रकारिता पुरस्कार’ अर्पण

- लाइफ टाइम एचिभमेन्ट अवार्डबाट प्रा. डा. थापा सम्मानित


     एभरेस्ट आवाज    
     मंसिर २३ गते २०८० मा प्रकाशित




मंसिर २३ पोखरा । राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट एभरेस्टकर्मी दीपेन्द्र श्रेष्ठ सम्मानित भएका छन् ।

शनिबार युआरएलको १० औं वार्षिकोत्सवका अवसरमा एभरेस्ट एफएमका कार्यकारी निर्देशक एव एभरेस्ट आवाज डटकमका प्रधान सम्पादक श्रेष्ठलाई राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार अपर्ण गरिएको हो । पत्रकारितामार्फत् स्वास्थ्य क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा, यूआरएल फाउण्डेसनका अध्यक्ष ठाकुर प्रसाद पन्त लगायतले नगद रु ३३ हजार ३३३ रुपैयाँ र सम्मानपत्रद्वारा पुरस्कृत गरे ।

यस्तै सोही अवसरमा नेपालको स्वास्थ्य क्षेत्रमा पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै प्रा.डा.बुद्धिबहादुर थापालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अवार्डबाट सम्मानित प्रा.डा. थापा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति हुन् । उनले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मेडिकल सुपरिटेन्डेन्ट र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संस्थापक उपकुलपति भई काम गरिसकेका छन् ।

यसअघि प्रादेशिक स्तरमा पत्रकारिता पुरस्कार प्रदान गरिँदै आएकामा यसपटकदेखि फाउन्डेसनमार्फत् पुरस्कारलाई राष्ट्रिय स्तरको बनाई प्रदान गरेको हो ।

यसअघि,स्वास्थ्य क्षेत्रमा लामो समयदेखि क्रियाशील युआरएल फाउन्डेसनद्वारा गठित प्रतिभा छनोट समितिको उनीहरुको नाम छनौट गरेको थियो । गण्डकी प्रदेशको पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी(युआरएल)ले सामाजिक सेवाकालागि स्थापना र प्रवद्र्धन गरेको फाउन्डेसनले पहिलो पटक लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।