पोखरा । पोखरामा पार्किङ गरिराखेको स्कुटर चोरी गरेको ओपमा एक बालक पक्राउ परेका छन् । चोरीको आरोपमा बाग्लुङ स्थायी घर भई हाल पोखरा १६ दिपमा बस्ने १७ वर्षका बालकलाई पक्राउ परेका हुन् ।
यहि १९ गते पोखरा ३ नदिपुरमा ग १४ प २०३४ नम्बरको स्कुटर र पोखरा १ बगरमा ग ८ प ९९३ नम्बरको स्कुटर हराएका थिए । प्रहरीले हराएका स्कुटरको खोजतलासकै क्रममा उक्त बालकलाई ग १४ प २०३४ नम्बरको स्कुटर सहित फेला पारेको थियो ।
यसैक्रममा अनसन्धान गर्दै जाँदा ग ८ प ९९३ नम्बरको स्कुटर समेत आफैले चोरी गरेको खुलासा भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
पक्राउ परेका बालकलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा दिन ५ म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ। साथै उनी यस अघि पनि ३ पटकसम्म चोरी मुद्दामा पक्राउ भईसेकको रेकर्डबाट खुलेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







