पोखराको सुन्दरीबजारमा कारको ठक्करबाट दुई यूवतीको मृत्यु


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०८० मा प्रकाशित




मंसिर २४ पोखरा । पोखराको सुन्दरीबजारमा आइतबार अपरान्ह कारले स्कुटरलाई ठक्कर दिँदा दुई जना किशोरीको मृत्यु भएको छ ।

पृथ्वीराजमार्ग अन्र्तगत पोखरा–२६, सुन्दरीबजारमा पोखराबाट तालचोकतर्फ जाँदै गरेको बिएए ००४१ नम्वरको कारले विपरित दिशाबाट आउँदै गरेको ग १३ प ३५७८ नम्वरको स्कुटरलाई ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा–२५ हेम्जाकी बर्ष २३ की अनिशा खड्का र पोखरा –५ जिरो किमीकी वर्ष २४ की भावना बराल रहेको प्रहरीले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका उनीहरुलाई उपचारकालागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा अनिशालाई दिउँसो ४ ः३९ मा चिकित्सकले मृत घोषणा गरेका थिए । यस्तै चरक अस्पताल रिफर गरिएकी भावनाको ७ ः१५ बजे उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।