ताङ्गलेकोट तमु समाजको वार्षिकोत्सवको अवसरमा स्मारिका विमोचन


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०८० मा प्रकाशित




पोखरा, मंसिर २५

ताङ्गलेकोट तमु समाज पोखरा १५ ले रजत जयन्ती विशेष कार्यक्रम सम्पन्न गरेको छ । समाज स्थापनाको २५ औं वर्ष पूरा भएको अवसरमा रजत जयन्ती विशेष कार्यक्रम गरिएको हो । सो अवसरमा ताङ्लेकोट तमु समाजले स्मारिकापनि विमोचन गरेको छ ।

ताङुलेकोट तमु समाजले मोदी गाउँपालिका वडा नम्बर–१ स्थित देउपुर, देउराली, मोहरिया, भुक, लप्सीबोटलगायतको प्रतिनिधित्व गर्दै त्यस क्षेत्रको आर्थिक, सामाजिक, भौतिक विकासमा सहयोग गर्दै आएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभाकी पूर्व सदस्य ललितकला गुरूङले जन्म स्थानको माया र आशिर्वाद सदैव पाउँदै आएको बताईन् ।

पोखरा वडा नम्बर–१५ का अध्यक्ष तोरणबहादुर बनियाले ताङुलेकोट तमु समाजले आफ्नो गाउँको पहिचानसँगै विकास र समृद्धिमापनि भूमिका खेल्नुपर्ने बताए ।

कार्यक्रममा पाहुनाहरूलाई खादा लगाएर स्वागत तथा सांगीतिक कार्यक्रममार्फत मनोरञ्जन प्रदान गरिएको जीवनधर शर्माले बताए ।

कार्यक्रममा मोदीका वडा सदस्य लोकमान गुरूङ, क्या मनबहादुर गुरूङ, क्या हितमान गुरूङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा समाजले समाजमा आबद्ध सदस्यका उत्कृष्ट छोराछोरीहरुलाई प्रसंशा पत्र प्रदान गरेर सम्मान गरेको थियो ।

कार्यक्रम समाजका अध्यक्ष जगबहादुरको सभापतित्वमा भएको थियो भने संचालन सचिव दुर्गाबहादुर गुरूङले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।