प्याब्सन स्पोर्टस मिट : गुरुकुल विद्यासदनलाई भलिवलतर्फ दोहोरो उपाधी


     एभरेस्ट आवाज    
     मंसिर २९ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको गुरुकुल विद्यासदनले प्याब्सन स्पोर्टस मिट–२०८० मा भलिबलतर्फ दोहोरो उपाधी जितेको छ ।

निजि तथा आवाशिय विद्यालयहरुको छाता संस्था प्याब्सन कास्कीद्वारा आयोजित माविस्तरिय कक्षा ९–१२ लक्षित ‘प्याब्सन स्पोर्टस मिट २०८०’ अन्तर्गत गुरुकुलले छात्र–छात्रा भलिवलतर्फ दोहोरो स्वर्ण जितेको हो ।

गुरुकुलले सम्पन्न प्रतियोगितामा छात्रतर्फ स्पाइरल गेलेक्सीलाई र छात्रातर्फ प्रतिभा मा.विलाई सोझो दुई सेट पराजित गर्दै दोहोरो उपाधि जितेको हो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधी सुदिप सुनार र सुस्मिता श्रीपाली घोषित भए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।