स्याङखुदी टोल विकास संस्थाको अध्यक्षमा भुर्तेल


     एभरेस्ट आवाज    
     मंसिर ३० गते २०८० मा प्रकाशित




मंसिर ३० पोखरा । स्याङखुदी टोल विकास संस्थाको अध्यक्षमा भोजराज भुर्तेल चयन भएका छन् । शनिबार सम्पन्न भेलाले टोल विकास संस्था गठन गर्दै भुर्तेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा हरि बास्तोला, सचिबमा प्रकाश भुजेल, कोषाध्यक्षमा जानुका कंडेल, सह–सचिब शान्ति बुढाथोकी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रण बहादुर शाही ‘सिद्धान्त’ पुष्पराज कंडेल, सोमलाल बास्तोला, सीता बास्तोला ,शारदा बास्तोला, बबिता परियार छन् ।

यसअघि, कार्यक्रमको पोखरा महानगरपालिका–२८ का अध्यक्ष कृष्ण लामिछानेले उद्घाटन गरे । उनले वडामा नमुना टोलको रुपमा काम गर्न आग्रह गर्दै आवश्यक सहयोग वडाबाट रहने प्रतिवद्धता व्यक्त गरे ।

नवगठित टोल विकास संस्थाका अध्यक्ष भुर्तेलले स्याङखुदीको विकासमा सधै अग्रसर भएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले आफ्नो ठाउँको आर्थिक,राजनैतिक, सामाजिक काममा संस्थाले काम गर्ने बताए ।

यसैविच भेलाले कालीदास भुर्तेल, टिकाराम लामिछाने, नारायण लामिछाने, चन्द्रकान्त तिवारी, कलावती भुर्तेललाई सल्लाहाकारमा चयन गरेको छ ।

समाजसेवी कालिदास भुर्तेलको अध्यक्षता भएको कार्यक्रमको सञ्चालन संस्थाका कार्यसमिति सदस्य सिद्धान्त शाहिले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।