पुस १ पोखरा । नेपाला मगर संघ दिप बगर इकाई समितिको अध्यक्षमा बालचन रानामगरको अध्यक्षतामा नयाँ कार्यसमिति गठन भएको छ ।
समितिको १० औं अधिवेशन तथा २० औं साधारण सभाले रानामगरको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा रेक वहादुर थापा मगर, सचिवमा चित्र बहादुर रानामगर, कोषाध्यक्षमा विकास थापा मगर सह–सचिवमा ठक माया रानामगर, सह–कोषाध्यक्षमा टेक वहादुर थापा मगर चयन भएका छन् । यस्तै सदस्यहरुमा हुम बहादुर राना मगर, आइतीश्री थापा मगर तुल बहादुर राना मगर, बल वहादुर सारु मगर झम बहादुर आले मगर, भिमा थापा मगर चयन हुनुभएको छ । त्यसैगरी बुद्धि सुब्बा थापा मगर, कुल बहादुर थापा मगर, अमर बहादुर थापा मगर, बम बहादुर थापा मगर, नेत्र बहादुर मगर, सान्त मगर र गोरे बहादुर पुर्वाछाने मगर छन् ।
संघको इकाई महिला कार्यसमितिको अध्यक्षमा देवी आले मगर र उपाध्यक्ष, सचिव, मोषाध्यक्ष, सह–सचिवमा क्रमशः अमिकला थापामगर, राममायाँ थापा मगर, विष्णु कुमारी रानामगर र कुलीसरा राना मगर छन् । सदस्यहरुमा कविता आलेमगर, मेहनसरी रानामगर मिन कुमारी थापा मगर, चित्रमाया राना मगर, निमु सिंजालीमगर रेनु रानामगर दिल माय थापा मगर र चोक कुमारी रखाली मगर चयन हुनुभएको छ । त्यसैगरी गीता आलेमगर, बालकुमारी (रिता) थापामगर, ज्ञानुमायाँ थापा मगर, छिता कुमारी थापा मगर र सिता थापामगर छन् ।
इकाई युवा कार्यसमितिको अध्यक्षमा दिलीप राना मगर चयन भएका छन् । समितिको उपाध्यक्ष, सचिव, कोषाध्यक्षमा क्रमशः विमला थापा मगर, मितु राना मगर र स्मृति रानामगर चयन हुनुभएको छ । सदस्यहरुमा इन्द्र बहादुर रानाम मगर, अमग्य राना मगर, होम बहादुर राना मगर, जीवन राना मगर, प्रतिम राना मगर जीवन थापा मगर, विष्णु फगामी मगर, सुमन आले मगर र प्रविन राना मगर छन् ।
इकाई सांस्कृतिक समितिको अध्यक्षमा लक्ष्मी गर्बुजा मगर, उपाध्यक्षमा कञ्चन राना मगर (क), सचिवमा रितीक सेपुर्जा मगर, कोषध्यक्षमा भुवनसिंह राना मगर रहेका छन् । अभिसा थापा मगर, कञ्चन राना मगर (ख), सुदीप पुनमगर सदस्यमा चयन भए ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाल मगरसंघ जिल्ला समन्वय कास्कीका उपाध्यक्ष चन्द्र बहादुर पुर्जा पुन मगरले मगर संघमा भएको समस्याको समाधान गर्दै आएको र मगर सामुदायको हक अधिकार सुनिश्चितका लागि विभिन्न खालका योजनाहरु ल्याइएको बताए ।
संघका जिल्ला सचिव लाल बहादुर राना मगरले, हक अधिकार सुनिश्चितताका लागि संगठन गठन गरिएको जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







