सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ


     एभरेस्ट आवाज    
     पौष १ गते २०८० मा प्रकाशित




पोखरा । सहारा यूकेको अध्यक्षमा कृष्ण गुरुङ चयन भएका छन् । शनिबार युकेमा आयोजित संस्थाको १५ औं वार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति छनोट भएको हो ।

समितिको उपाध्यक्षमा शारदा गुरुङ, महासचिवमा क्याप्टेन पिताम्बर गुरुङ, सचिव मञ्जु गुरुङ राई, कोषाध्यक्ष कुमार थापा र सहकोषाध्यक्षमा जगन (ज्याक) गुरुङ चयन भएका छन् । यस्तै सीईओमा मेग गुरुङ, खेलकुद सचिवमा शमशेर गुरुङ, युवा खेलकुद संयोजकमा सन्दीप उपाध्याय चयन भएको निर्वाचन समितिले जनाएको छ ।

कार्यसमिति सदस्यमा मनोज गुरुङ, मिलन तमु गुरुङ, सुधा गुरुङ, दल गुरुङ, देव गुरुङ, गम गुरुङ, दीपक (राजु) गुरुङ, सविन्द्रकुमार गुरुङ (एसके), अमृत गुरुङ र अजयजंग थापा छन् । हरि श्रेष्ठ निर्वाचन प्रमुख रहेको तीन सदस्यीय निर्वाचन समितिमा तमु धीं यूकेका पूर्वअध्यक्ष ज्ञाम गुरुङ र वर्तमान उपाध्यक्ष कमल गुरुङ सदस्य थिए ।

अध्यक्ष ले.रि. कुसाङ गुरुङको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा उपाध्यक्ष कृष्ण गुरुङले स्वागत गरेका थिए ।
साधारणसभामा उपाध्यक्ष कृष्ण गुरुङ, महासचिव मनोज गुरुङ, कोषाध्यक्ष कुमार गुरुङ, सहकोषाध्यक्ष जगन गुरुङ, सहारा एफसी टिमले विभिन्न प्रतिवेदन प्रस्तुत गरेका थिए ।

अध्यक्ष र महासचिवले आहा रारा गोल्डकपमा संस्थाबाट दिइने गोल्डकप, ट्रफी पुरस्कार र धन्यवाद भोजलगायत विषयमा जानकारी गराएका थिए ।

आदर्श तमु अवार्डबाट सम्मानित संस्थाका आजीवन सदस्य सेरा गुरुङ र गमबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ यूकेबाट पुरस्कृत सहारा यूकेका कार्यसमिति सदस्य एवं फोटो पत्रकार मिलन तमुलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।