मगर संस्कृतिमा आधारित चलचित्र ‘दिलसरा’ निर्माण हुने


     एभरेस्ट आवाज    
     पौष २ गते २०८० मा प्रकाशित




पुस २ पोखरा । मगर संस्कार र संस्कृतिमा आधारित चलचित्र, ‘दिलसरा’ निर्माण हुने भएको छ ।

चलचित्रको यही मंसिर २७ गते नेपाल मगर संघ कास्कीमा एक कार्यक्रमका बिच शुभ मुहुर्त गरिएको निर्माण पक्षले जानकारी दिएको छ । सोही दिनदेखि चलचित्र निर्माणलाई लिएर कार्यशाला जारी रहेको मुख्य निर्माता हर्क आलेले बताए ।

चलचित्रको शुभ मुहुर्तमा नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुन, नेपाल मगर महिला संघकी अध्यक्ष हिरुसरा रानाको उपस्थितिमा गरिएको थियो ।

अशोक आले मगरको निर्देशनमा निर्माण हुन लागेको ’दिलसरा’ को परिकल्पनाकार हर्क आले , कथा जुना थापा र पटकथाद्वय मिना थापा मगर र जुना थापा मगरको रहेको छ ।

पोखराको विभिन्न रमणीय स्थानहरुमा छायाङ्कन हुने चलचित्रको मुख्य भुमिकामा कल्याण राना र सृष्टि रानालाई देख्न पाइने भएको छ । उनीहरुलाई हास्य कलाकार खड्गबहादुर पुन ’खबपु’, सुनमाया थापालगायतले साथ दिँदै छन् । चलचित्रमा द्वन्द निर्देशन मिङ पुनको रहने निर्माण पक्षले जनाएको छ ।

मगर महिलाहरुको नीर्भिक र निष्कपट शैलीलाई मुख्य कथावस्तु बनाइएको चलचित्रले मगर महिलामा सशक्तिकरण गराउने आशा राखिएको छ । मेनोको मिडिया हाउसको व्यानरमा वन्न लागेको चलचित्र ‘दिलसरा’ को पौष देखिनै छायाङ्कन थालनी हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई मेजर प्रेमबहादुर थापा मगर, हर्क आले मगर, मिना थापा मगर र जुना थापा मगरले निर्माण गर्न लागेका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।