टर्कीमा १२ सय भन्दा बढी अवैध आप्रवासी पक्राउ


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित




टर्कीको सुरक्षा बलद्वारा गत नोभेम्बरमा उत्तर पश्चिमी प्रान्त एडिर्नेमा १ हजार २०९ जना अवैध आप्रवासीहरूलाई पक्राउ गरिएको सरकारी टेलिभिजन टिआरटिले सोमबार उल्लेख गरेको छ ।

पक्राउ परेका आप्रवासीहरूलाई आप्रवासन कार्यलयमा पठाइएको छ । प्रान्तीय कमाण्ड टोलीले अवैध आप्रवासनलाई रोक्न एडिर्नको शहरको केन्द्र तथा वरपरका जिल्लामा निरीक्षण कडा बनाएको छ । एडिर्ने ग्रीस र बुल्गेरियाको सिमाना नजिक रहेको क्षेत्र हो ।

टर्कीका आन्तरिक मन्त्री अली उर्लिकायाले देशको सबै भन्दाठूलो शहर इस्तानबु्लमा मात्र नभई सबै प्रान्तका अवैध आप्रवासीहरुलाई नियन्त्रण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।