देउवाको दवाबमा भ्रष्टाचारीबाट पार्टीलाई जोगाऔं भन्ने वाक्य ब्यानरबाट हटाइयो


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित




पुस ३ पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको व्यानरबाट ‘भ्रष्टाचारीबाट पार्टीलाई जोगाऔं’ भन्ने वाक्य हटाइएको छ ।

सम्मेलनको व्यानरमा ‘ईमान भएकाहरुलाई जिम्मेवारीमा राखौं, भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं, कांग्रेसी चरित्र पुर्नस्थापित गरौं’भन्ने लेखिएको थियो । तर पार्टी सभापती शेरबहादुर देउवाले सो नारामा लेखिएको भ्रष्टाचारीबाट पार्टीलाई बचाऔं भन्ने वाक्य हटाउन लगाएका हुन् ।

देउवाले पार्टीका गण्डकी प्रदेश सभापती शुक्रराज शर्मालाई सो वाक्य हटाउन दवाब दिएका थिए । सो क्रममा सभापती देउवा र प्रदेश सभापती शर्माबीच भनाभनपनि भएको बताइएको छ । देउवाको दवाबपछि मञ्चको पर्दा झारेर सो वाक्यलाई टेपले टालेर कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा बोल्ने क्रममा महामन्त्री गगन थापाले सो विवादबारे कोट्याए । उनले भने,‘भ्रष्टाचारीलाई हटाउँछु भनेर व्यानरमा लेखेपनि, छोपेपनि व्यवहारमा भयो भने भयो, व्यवहारमा भएन भने भएन ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।