छोरेपाटन मा.वि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा रानाभाट


     एभरेस्ट आवाज    
     पौष ३ गते २०८० मा प्रकाशित




पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा. वि. भू. पू. विद्यार्थी मञ्च गठन गरेको छ ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व प्र.अ. लक्ष्मण थापा, विद्यालयका सहायक प्र.अ. खेमराज वराल (ध्रुब) र मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दिपक राज वराल लगाएतले मञ्चले पुर्व विद्यार्थीहरुलाई संगठित गरी विद्यालयको शैक्षिक तथा अन्य गतिविधिमा सहयोग गर्नुपर्ने वताएका थिए ।

पुर्व विद्यार्थी कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्णप्रसाद पोख्रेलले र संचालन शालिकराम भण्डारीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।