पोखराबाट ‘हनी ट्रयापिङ’मा संलग्न भएको आरोपमा ५ पक्राउ


     एभरेस्ट आवाज    
     पौष ४ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पुस ४ पोखरा । पोखराको पृथ्वीचोकस्थित बसपार्क एरियाबाट हनी ट्रयापमा पारी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

बसपार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई विभिन्न प्रलोभनामा हनी ट्रयापमा पारी हैरानी दिएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा २ महिलासहित ५ जना छन् । यसरी पक्राउ पर्नेमा पोखरा–२३ का मौसम परियार (२५), चितवन घर भई पोखरा–९ बस्ने प्रकाश परियार (२०), सोही ठाउँमा बस्ने मञ्जु नेपाली (२०), सम्झना परियार (१९) लगायत छन् ।

उनीहरुले ट्रयापमा पारी एकान्तमा लगरे पैसा, मोवाइल लुट्ने कार्यमा संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । उनीहरुले महिलाको प्रयोग गरि पोखरामा घुम्न आउने पुरुषहरुलाई दुःख दिने गरको पाइएको प्रहरीले जनाएको छ ।

उनीहरुलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुर मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिनको म्याद थप गरि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।