पोखराबाट लागू औषध ब्राउनसुगर सहित ३ जना पक्राउ


     एभरेस्ट आवाज    
     पौष ५ गते २०८० मा प्रकाशित




साङ्केतिक तस्विर

पोखरा । पोखराको पृथ्वीचोकबाट लागूऔषधको कारोबारमा संलग्न भएको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बुधबार पोखराको पृथ्वीचोकस्थित एक होटलबाट साँझ ६ बजे लागू औषध ब्राउन सुगर जस्तो देखिने ३५० ग्राम खैरो रंगको पद्धार्थसहित उनीहरुलाई पक्राउ परेका हुन् ।

यसरी पक्राउ पर्नेमा झापा धुलाबारी–१० बस्ने सबिन अली (३०), संखुवासभा खाँतबारी–१ का सन्दीप अधिकारी (१९) र धादिङ रोराङ २ का सबिन घलेल (२५) छन् ।

उनीहरुले होटलमा बसेर लागू औषध विक्री वितरण गरिरहेका छन् भन्ने गोप्य सूचनाको अधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले खानतलासी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका निजहरूलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दिन दश (१०) म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।