पुस ६ पोखरा । पोखरा २३ खाल्सेस्थित एक विद्यालयमा लियो क्लव अफ पोखरा डेस्टिनेसनले न्यानो कपडा वितरण गरेको छ । शुक्रबार क्लवले खाल्सेस्थित कालिका आधारभुत विद्यालयका ५२ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
क्लवले देउसी भैलो र सदस्यहरुबाट संकलित रकमबाट विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्विटर वितरण गरेको क्लवका कोषाध्यक्ष निकिता नेपालीले जानकारी दिइन् । उनले भनिन्, ‘चिसो बढ्दै गरेको अवस्थामा पढ्दै गरेका विद्यार्थीहरुलाई सहयोग पुर्याउने उद्देश्यले न्यानो स्विटर वितरण गरेका हौं । देउसीबाट संकलित केही र अपुग भएको रकक हाम्रै सदस्यहरुबाट संकलन गरि कार्यक्रम आयोजना गर्न सम्भव भएको हो ।’ कार्यक्रममा झण्डै २२ हजार बराबारको सामाग्री वितरण गरिएको उनको भनाई छ ।
कालिका टोल विकास संस्थाका अध्यक्ष प्यामलाल बरालको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रध्यानाध्यापक भुवानीप्रसाद बरालले सञ्चालन र स्वागत निर्मला सापकोटाले गरेकी थिइन् ।
कक्षा ५ सम्म अध्यापन हुँदै आएको विद्यालयमा ५२ जना विद्यार्थी र ८ जना शिक्षक कर्मचारी कार्यरत छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







