पुष ६, पोखरा । नौलो घुम्ति नेपालद्वारा मादी गा.पा.मा संचालित एकिकृत सामुदायिक बिकास परियोजनाको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । परियोजना मादी गा.पा.वडा नम्बर ८,९,१० र ११ मा संचालित भए पनि शनिबार छुट्टाछुट्टै कार्यक्रमकाविच वडा नम्बर ८ को वडा कार्यालय नाघिधार र ९ को वडा कार्यालय मुंग्रीमा सामाजिक लेखा जोखा कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै बोल्दै मादी गा.पा.वडा नम्बर ८ का अध्यक्ष प्रेमबहादुर गुरुड.ले परियोजनाले समुदायको बिकास, नेतृत्व बिकास, जिबिकोपार्जन, शिक्षा, स्वास्थ्य लगायतको क्षेत्रमा सकारात्मक प्रभाब पारेको बताउदै निरन्तरता दिन आग्रह गरे।
मादी गा.पा.वडा नम्बर ९ का अध्यक्ष मनोजकुमार गुरुड.ले परियोजना प्रभाबकारी भएको बताउदै यसरी नै गांउ पालिकाको तर्फबाट गर्न सके गुणात्मक फड्को मार्न सकिने जिकिर गरे । दातृ संस्था गुड नेबर्स इन्टरनेशनल (जि एन आई) का कास्की पर्बत परियोजना संयोजक मनकुमार राईले संस्थाले प्रदान गरिरहेको सहयोग, कार्यक्षेत्र, र संचालन बिधिका बारेमा स्पष्ट पारेका थिए ।
नौलो घुम्ति नेपालका अध्यक्ष बद्रिबिनोद खनालको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले सामाजिक लेखाजोखा सम्बन्धि प्रस्तुति, संचालन परियोजना अधिकृत महेश बिश्वकर्माले गरेका थिए । कार्यक्रममा बिद्यालयका प्र.अ., शिक्षक, अभिभाबक, स्वास्थ्य कार्यकर्ता, सेवाग्राहि, वडा सदस्यहरु, परियोजना व्यवश्थापन समिति (पि एम सि) संयोजक, सदस्यहरु लगायत सरोकारवालाहरुको उपश्थिति थियो ।
एकिकृ सामुदायिक बिकास परियोजना नाममा मादी ८,९,१० र ११ मा नौलो घुम्ति नेपालले गाउ पालिकासॅंग सहकार्य गरि शिक्षा, स्वास्थ्य र जिबिकोपार्जनको क्षेत्रमा कार्य गरिरहेको छ । यस बर्ष सन् २०२३ मा मात्र परियोजनाले भौतिक पूर्बाधार सहयोग, स्मार्ट कक्षा संचालन सामग्रि, फर्निचर, हेल्थ पोस्ट उपकरण, बेड(शैय्या), स्वास्थ्य सामग्री, शैक्षिक सामग्री, छात्रबृत्ति, भित्ते पत्रिका प्रकाशन, ई सि डि लगायतका सामग्रीमा ३४ लाख सहयोग गरेको अध्यक्ष खनालले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







