बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा मिस तामाङको तालिम शुरु


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित




पुस ८ पोखरा । बैदाम तामाङ सेवा समाज पोखराको आयोजनामा हुने ८ औँ मिस तामाङ पोखरा २०२४ को तालिम शुरु भएको छ । तामाङ समुदायका नारीहरुको अन्तरनिहित प्रतिभा, बौद्धिक क्षमता तथा व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ तालिम शुरु गरिएको हो ।

तालिमको नेपाल तामाङ घेदुङ संघिय उपाध्यक्ष दीपक वाइबा तामाङले कार्यक्रमको गरे । उनले ४५ दिन लामो तालिम पश्चात् तामाङ समुदायले आत्माविश्वासी निडर र सक्षम नारीहरु संस्कृतिक दूतका रुपमा पाउने र यो सिङ्गो तामाङ समुदायको लागि गर्वको विषय रहेको बताए ।

कार्यक्रममा नेपाल तामाङ घेदुङका केन्द्रिय उपाध्यक्ष दिपक वाईबा तामाङ, जेसिसका पुर्व उपाध्यक्ष राजु केसी, नेपाल तामाङ घेदुङ कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा नगर अध्यक्ष रामबहादुर ब्लोन तामाङ, रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, नेपाल तामाङ महिला घेदुङका अध्यक्ष पवित्रा तामाङ, मिस तामाङ पोखरा २०२३ का विजेता रोश्मा तामाङ, जिना तामाङ लगायतले बोलेका थिए ।

तालिमका दौरान सहभागीहरुले तामाङ भाषा, संस्कार, सभ्यता तथा रहनसहनका बारेमा जानकारी हासिल गर्ने आयोजक बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।

तालिममा सहभागिहरुलाई पोखरेली युवा साँस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले प्रतिस्पर्धितथा तिनका अभिभावकलाई अभिप्रेरणात्मक प्रशिक्षण दिएका थिए ।

बैदाम तामाङ सेवा समाज कास्कीले हरेक वर्ष ल्होछारको अवसरमा मिस तामाङ पोखरा तथा ल्होछार म्युजिकल फेष्टिभल गर्दै आएको छ ।

यस वर्ष मिस तामाङ पोखराको आठौं संस्करणको ग्राण्ड फिनाले आगामी माघ २० गते पोखरा सभागृहमा हुनेछ । प्रतियोगितामा देशभरबाट १२ जना तामाङ समुदायका युवतीहरुको सहभागिता रहेको छ ।

सहभागीहरुमा मनिका लामा तामाङ, रिमाया तामाङ, दिक्षा लामा, सुनामी तामाङ, टिसिरिङ तामाङ, अर्पना तामाङ, रोशिला तामाङ, याङजी तामाङ, र बर्षा लामा तामाङ रहेका छन् ।

मिस तामाङ पोखरा २०२४ की बिजेताले नगद रु.१ लाख ताज, ट्रफी, प्रमाणपत्र तथा आकर्षक गिफ्ट ह्याम्परहरु जित्ने छन् । फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ ।

त्यस्तै सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युअर्स च्वाइसका विजेताले नगद २० हजार पुरस्कार प्राप्त गर्नेछन्

बैदाम तामाङ सेवा समाजका अध्यक्ष ज्याक तामाङको अध्यक्षतामा भएको कार्यक्रमको रजनी तामाङले सञ्चालन गरेकी थिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।