महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण


     एभरेस्ट आवाज    
     पौष ८ गते २०८० मा प्रकाशित




पोखरा । सिद्धार्थ क्लब पोखराको आयोजनामा रुपा गाउँपालिका–४ ढुङ्गेगाडा, गौरीपोखरी स्थित श्री महेन्द्र आधारभूत विद्यालयमा न्यानो कपडा वितरण गरिएको छ ।

विद्यालयका ४४ जना विद्यार्थीहरुलाई न्यानो कपडा ( स्विटर,टोपी र मोजा) वितरण गरिएको हो । कार्यक्रममा वितरण गरिएको न्यानो कपडा समाजसेवी तथा क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठ र उनको घर्मपत्नी सुजा श्रेष्ठबाट सहयोग प्राप्त भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा वडा नं. ४ का अध्यक्ष मुकुन्द बहादुर बंशीले सिद्धार्थ क्लबले विगत ७ बर्ष देखी महेन्द्र आधारभूत विद्यालयमा शैक्षिक, पोशाक, खेलकुद लगायतका सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको कार्यको प्रशंशा गरेका थिए ।

साथै उनले अभिभावकहरुलाई विद्यार्थीहरु नियमित विद्यालय पठाउनुका साथै घरमा पठनपाठनको वातावरण निर्माण गर्न आग्रह गरे । कार्यक्रममा सिद्धार्थ क्लबका अध्यक्ष ईन्दिरा मर्सानी श्रेष्ठले विद्यालयमा बालबालिकाहरुको संख्या घटन नदिन यस्ता खालका कार्यक्रमहरु प्रभावकारी हुने बताईन् ।

यसैगरी क्लबका पूर्व अध्यक्ष ज्ञानेश्वरराज श्रेष्ठले सहयोगका कार्यक्रमले विद्यालय परिवारलाई अनुशाशित बन्न प्रेरित गर्ने विश्वास व्यक्त गरे । साथै उनले विद्यार्थीहरुको अवस्था देखेर आफुलाई थप सहयोग गर्न इच्छा जागेको हुदा विद्यार्थीको पठन पाठनमा सहयोग पुर्याउन यथासिघ्र आवश्यक शैक्षिक सामग्री सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सम्झना राना मगर, शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद रेग्मी र विद्यालयका कार्यवाहक प्रधानाध्यापक सिता पौड्यालले क्लबले विद्यालयमा गरेको सहयोगको प्रशंशा गर्दै प्राप्त सहयोगको सदुपयोग हुनेमा विश्वस्त रहन अनुरोध गर्दै विद्यालयले शैक्षिक गुणस्तर वृद्धिको कार्यमा आफुहरु लागिपर्ने प्रतिवद्ध व्यक्त गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।