ब्राह्मण समाज पोखरा १ मा पराजुली


     एभरेस्ट आवाज    
     पौष ९ गते २०८० मा प्रकाशित




पुस ९ पोखरा । ब्राह्मण समाज नेपाल वडा ईकाई समिति पोखरा १ को अध्यक्षमा माधवप्रसाद पराजुली चयन भएका छन् । समाजको सम्पन्न तेस्रो साधारण सभा एंव अधिवेशनले पराजुलीको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । पराजुली दोस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन ।

अधिवेशनले समितिको उपाध्यक्षमा रुद्र सुवेदी, सचिवमा कृष्ण सुवेदी, सहसचिवमा नारायणी सुवेदी, कोषाध्यक्षमा रामजी पौडेलसंगै सदस्यहरुमा कल्पना (रोजी) पराजुली, लक्ष्मी शर्मा, कृष्ण प्रसाद बास्तोला, उमा कोईराला, सिता पराजुली र विष्णु पौडेललाई चयन गरेको छ ।

यसैगरि नगर प्रतिनिधिमा विजया अधिकारी, संगीता पौडेल, प्रतापराम पराजुली, दामोदर रिमाल र कल्पना बास्तोल चयन भएका छन् ।

अधिवेशनले जिल्ला प्रतिनिधिमा राजेन्द्ररमण पराजुली, रामजी अधिकारी, राधा बराल अधिकारी, कल्पना बास्तोला र राम प्रसाद अधिकारीलाई चयन गरेको छ ।

यस अघि साधारण सभा एंव अधिवेशनको ब्राह्मण समाज नेपालका उपाध्यक्ष महेश पराजुलीले उद्घाटन गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।