पोखरा, पुस ११
कास्कीको मादीमा नेकपा माओवादी केन्द्रले पार्टी स्कुलिङ कार्यक्रम गरेको छ । नेकपा माओवादी केन्द्र मादी गाउँपालिकाको आयोजनामा एक दिने पार्टी स्कुलिङ कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै नेकपा माओपादी कास्की ईन्चार्ज एवं गण्डकी प्रदेशका पुर्व सभामुख नेत्रनाथ अधिकारी (हिमाल)ले माओवादी नेतृत्वको सरकारले गरेका कामहरुको प्रचार नहुँदा पार्टी पछि परेको बताए । माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरेका कामहरुको प्रचारप्रसार गर्ने हो भने माओवादी २०८४ सालको चुनावमा २०६४ सालकै अवस्थामा फर्काउन सकिने उनको दाबी छ । कार्यकर्ताहरुलाई निर्देशन दिदै उनले भने,‘प्रचण्ड नेतृत्वको वर्तमान सरकारले गरेका देश र जनताको पक्षमा गरेका कामहरुको प्रचार तल्लो तहसम्म पु¥याउन र तल्लो कमिटीले जनतासम्म पु¥याउन सबै लाग्नूस् ।’
मादी गाउपालिका ईन्चार्ज तथा केन्द्रीय सदस्य धना गुरुङ, कास्की जिल्ला समन्वय संयोजक केसब पौडेल, पोखरा महानगर कमिटी ईन्चार्ज पारसमणी पौडेल, प्रदेश सदस्य लालबहादुर गुरुङ, मादी अध्यक्ष तोरणबहादुर गुरुङलगायतले पार्टीलाई बलियो बनाउन ‘जनतासँग माओवादी’ अभियान सञ्चालन गरिएको बताए ।
कार्यक्रममा माओवादी नेतृत्वले कार्यकर्ताहरुलाई पार्टीको सिद्धान्त, बिचार र अहिलेको कार्यदिशाबारे प्रशिक्षण दिएका थिए ।
पार्टीका मादी गाउपालिका अध्यक्ष तोरणबहादुर गुरुङले कार्यकर्ताको क्षमता विकास गर्न पार्टीले यस्ता कार्यक्रम निरन्तर गरिरहने बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







