गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धनको सरकार पाँच वर्ष कायम रहने बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज आयोजित स्थानीय सरकार, सरोकारवालासँग प्रधानमन्त्री कार्यक्रमलाई सम्बोधन गर्दै सरकार सञ्चालन भएको एक वर्ष नपुग्दा स्थापित दलहरुलाई विभिन्न आरोप लगाउँदै विभिन्न हर्कत भइरहेको र हामी सबै मिलेर त्यसको प्रतिवाद गर्नुपर्ने बताए।
मँसिरको पहिलो हप्ता भएको होहल्ला सरकारले धैर्यता र दृढताका साथ विफल तुल्याएको उनको भनाई छ । गठबन्धन सरकारले एक वर्षमा गरेका कामहरु गर्व गर्न लायक भएको बताउँदै बाँकी चार वर्षमा अझै धेरै काम गर्ने बताए।
आफू गोरखा जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ को जनप्रतिनिधि भएको नाताले पनि चार वर्ष भित्र यस क्षेत्रका मुख्य सडकहरु कालोपत्रे गर्ने उनको भनाइ थियो ।
नेकपा माओवादी केन्द्रका पार्टी अध्यक्ष समेत रहेका दाहालले जनतासँग माओवादी विशेष रुपान्तरण अभियानको क्रममा बारपाक सुलिकोट गाउँपालिकाको वडा बैठकलाई समेत सम्बोधन गरेका थिए । दाहालले बैठक पछि सहिद वेपत्ता परिवारजनसँग भेटघाट समेत गरेका थिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







