कास्की छनौंट प्रतियोगितामा टिम बेगनास ५७ रनले विजयी


     एभरेस्ट आवाज    
     पौष ११ गते २०८० मा प्रकाशित




पुस ११ पोखरा । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरामा जारी कास्की छनौंट क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबारको खेलमा टिम बेगनास ५७ रनले विजयी भएको छ । पहिला व्याटिङ गरेको बेगनासले ३५.५ ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ६४ रन बनायो । बेगनासको व्याटिङमा अभिषेक बस्नेतले ५५, कृष्ण पौडेलले ४६ तथा रोहित चन्दले १४ रन बनाए ।

दिपाङका बलरहरु विधान श्रेष्ठले ४ तथा नितेश गिरी र मुकेश गुप्ताले २/२ विकेट लिए ।

जितका लागि १ सय ६५ रनको लक्ष्य पछ्याउने क्रममा टिम दिपङले ३० ओभरमा सम्पूर्ण विकेट गुमाएर १ सय ७ रन मात्रै बनाउन सक्यो ।

दिपाङका व्याट्स्म्यानहरु मुकेश गुप्ताले ४०, आश्विन अधिकारीले १९ तथा प्रमोद बाँस्तोलाले १७ रन बनाए । बेगनासका बलरहरु कृष्ण पौडेलले ५ तथा रबि गुरुङ्गले २ विकेट लिए ।

खेलमा बेगनासका कृष्ण पौडेल प्लेयर अफ द म्याच भए । उनलाई प्रादेशिक खेलकुद परिषद् गण्डकीका सदस्य ऋषिराम गौतम, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले पुरस्कृत गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।