पोखरा महानगरपालिका वडा नं.२७ डाँडाकोनाक स्थित लेखनाथ महोत्सवको प्रवेश गेटअगाडि बस दुर्घटना भएको छ ।
बाग्लुङबाट भैरहवातर्फ जाँदै गरेकोे बसको पोखरा लेखनाथ महोत्सवको प्रवेश गेट अगाडि विहान ८ः५५ बजेको समयमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
लु १ ख ८३५६ नम्बरको बस ब्रेक फेल भई सडकको दायाँ साइडको माटोको ढिस्कोमा ठक्कर खाएर दुर्घटनामा परेको कास्की प्रहरीका सूचना अधिकारी डिएसपी श्रवणकुमार विकले जानकारी दिए ।
बस अनियन्त्रित भई महोत्सवमा बाटा (गमला) बिक्री गर्न आएकी भारत घर भई पोखरा लेखनाथ बस्ने ३० वर्षीया इस्श्रावती कुमारी मृत्यु भएको हो । उपचारको लागी पश्चिम क्षेत्रीय अस्पताल लैजादा १०ः३८ बजे उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको डिएसपी विकले बताए।
उक्त बसमा सवार २० जना मध्ये ३ जना घाईते भएको र अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । बसको ठक्करबाट घाइते तनहुँको म्याग्दे गा.पा.८ घर भएका ३६ वर्षीय रामजी गन्धर्व , उनकै श्रीमती ३० वर्षकी विष्णु गायक र पर्सा दिप न.पा.१ बस्ने बर्ष ४६ की चिज माया गन्धर्बको लेखनाथ सिटी अस्पतालमा उपचार भईरहेको छ ।
बस चालकलाई नियन्त्रणमा लिइएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






