प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दोमा अञ्जुली च्याम्पियन


     एभरेस्ट आवाज    
     पौष १५ गते २०८० मा प्रकाशित




पुस १५ पोखरा । पोखरामा सम्पन्न प्रथम खुल्ला आमन्त्रित पोखरा तेक्वान्दो च्याम्पियनसिप प्रतियोगितामा अञ्जुली तेक्वान्दो दोजाङ च्याम्पियन बनेको छ ।

अञ्जुली आईटिएफ तेक्वान्दो दोजाङको आयोजना तथा अञ्जुली माध्यमिक विद्यालयको सहआयोजनामा शनिबारदेखि सञ्चालन भएको प्रतियोगितामा आयोजक अञ्जुलीले ५ स्वर्ण, २ रजत र ७ कास्य पदकसहित च्याम्पियन बनेको हो ।

यस्तै तनहुँको रिशिङ पाटनले ४ स्वर्ण, ६ रजत र १२ कास्यसहित दोश्रो स्थान प्राप्त गर्यो । यस्तै ४ स्वर्ण, ६ रजत र १२ कास्य पदकसहित तनहुँको भिमाद दोजाङले तेश्रो स्थान प्राप्त गरको कार्यक्रम संयोजक तथा नेपाल आईटिएफ तेक्वान्दो संघ गण्डकी प्रदेशका सदस्य विशाल बुढामगरले जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ आयोजक दोजाङका पिताम्वर तमाङ र महिलातर्फ तनहुँ जिल्ला रिशिङ पाटन दोजाङकी सालका श्रेष्ठ उत्कृष्ठ खेलाडी घोषित भए । उनीहरुले प्रतियोगितामा समान २ स्वर्ण जितेका थिए ।

दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा गण्डकी प्रदेशका कास्कीसहित तनहुँ, लमजुङ, स्याङ्जा, बाग्लुङ, म्याग्दी, पर्वत लगायतका जिल्लाबाट १८ डोजाङका २५० जना खेलाडीले सहभागिता जनाएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।