कथानक मगर चलचित्र ‘मिसार’ पोखरामा प्रदर्शन हुने


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८० मा प्रकाशित




मगर सामुदायमा आधारित मगर कथानक चलचित्र ‘मिसार’ नेपाल मगर संघ जिल्ला समन्वय कास्कीको आयोजनामा आगामी पौष २१ गते बाराही हल पोखरामा प्रदर्शनी हुने भएको छ ।

शिक्षा, व्यवसाय, प्रतिभा प्रस्तुुत र भाषा, सस्कार, संस्कृति संरक्षण गर्नुका साथै चलचित्रलाई व्यवसायी रुपमा अघि वढाउने उद्धेश्यले मिसार प्रर्दशन गर्न लागेको संघका जिल्ला अध्यक्ष राम बहादुर थापामगरले बताए । चलचित्र मगर र खस दुवै भाषामा भएकाले गैर मगर सवैले हेर्न सकिने चलचित्र निर्देशक सन्तोष पिठाकोटे मगरले जानकारी दिए। उनका अनुसार विहान १२ र २ वजे गरी दुइ शो प्रर्दशन गरिनेछ । म्याक्शन फोर डि। स्टुडियोको चौथौ प्रस्तुती मिसारको लेखन, छायांकन, सम्पादन र निर्देशनमा शेर ब. पिठा मगर ‘सन्तोष पिठाकोटे’ छन । मिवाट पिठाकोटे मगरको प्रस्तुती, भेष गुरुङ्ग र सुजन थापा मगरको सह–निर्देशन रहेका छन् । कलाकारहरु रबिन्द्र थापा मगर, देबेन्द्र थापा मगर, सनम आले मगर, जेनिता थापा मगर, दिपु मगर, प्रतिक्षा राना मगर, भेष गुरुङ्ग, भेष बहदुर पिठाकोटे मगर रहेका छन ।

त्यसैगरी कोट ब। बाचे मगर, निशा थापा मगर र पबित्रा थापा मगर लगायतका कलाकारहरु पनि रहेका छन । कलाकारहरु पवन थापा मगर, अम्बिका पुन मगर, प्रसाद खप्तरी मगर, प्रीती आले मगर, गगन गुरुङ्ग, रेशम आले मगर, यम सारु मगर, उषा गुरुङ्गको स्वर रहेका छन् । नृत्य निर्देशनमा राहुल थापा मगर, सृर्जन थापा मगर, केशव आले मगर गोबिन्द पुन मगर रहनुभएको छ । छवि राना मगरको कलरिङ्ग मिक्सिङ्ग र डबिङ्ग रहेको छ । चलचित्र निर्मार्ण गोविन्द थापा मगर, सबिता थापा मगर, मस्राङ्गी ब्रोदर्स हङ्कङ्ग, कोट बहादुर बाचे मगर, मुक्त गुरुङ्ग, प्रेममाया आले मगर र पबित्रा थापा मगरले गरेका हुन ।

म्याग्दी, स्याङजा, कास्की र चितवनमा छायांकन गरिएको चलचित्र तनहुँ, चितव, नवलपरासी, नवलपुर, हंकङको सफल प्रदर्शनी पछि पोखरामा प्रदर्शन हुन लागेको चलचित्र निर्माता गोविन्द थापा मगरले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।