नक्कली फेसबुक आईडी बनाई अश्लिल भिडियो बनाएर पैसा माग्ने ३ जना पोखराबाट पक्राउ


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित




पोखरा, पुस १८

सामाजिक सञ्जाल फेसबुकमा नक्कली फेसबुक आईडी बनाएर अश्लिल सामग्री बनाई पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । फेसबुकमा केटीको नाममा नक्कली फेसबुक आईडी बनाएर पुरुषहरुलाई भिडियो कल गरेर अश्लील भिडियो देखाउने र त्यसलाई स्क्रिन सर्ट गरेर राखी पछि सो व्यक्तिलाई पैसा माग्ने तीन जनालाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पोखरा–२९ तालचोक बस्ने २२ वर्षिय अनुराग अधिकारी, चितवनको रत्ननगर–१३ टाँडीका २० वर्षिय प्रवेश रिमाल र सिराहाको लाहान–१ रमाद मटियवरा टोलका २१ वर्षिय यूनिक सिंहलाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुले भिडियो कलमा देखाइएको अश्लील सामग्री स्क्रिन सर्ट गरेर सोहि व्यक्तिलाई पठाई पैसा माग्ने गरेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । मागेको पैसा नदिए उक्त अश्लिल सामग्री फेसवुक वालमा राखेर सार्वजनिक गरिदिने धाक, धम्कीसमेत दिने गरेको पीडितले दिएको जाहेरीमा उल्लेख रहेको डिएसपी विकले बताए ।

पक्राउ परेकाहरुलाई ठगी, आपराधीक विश्वासघात तथा आपराधिक विश्वासघात तथा आपराधिक लाभ –एक्सटर्सन) सम्बन्धी कसुर र विद्युतीय अपराध सम्बन्धी कसुरमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको डिएसपी विकले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।