गण्डकीबाट राष्ट्रिय सभामा ३ सदस्यका लागि एमालेले गर्यो ९ जनाको नाम सिफारिस


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित




पोखरा, पुस १८

नेकपा एमाले गण्डकीले राष्ट्रिय सभा सदस्यका लागि नाम सिफारिस गरेको छ । राष्ट्रिय सभामा गण्डकी प्रदेशमा रिक्त रहेको ३ स्थानका लागि एमालेले ९ जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभामा गण्डकीका ३ सदस्यको पदावधी सकिन लागेको हो । गण्डकीबाट खुल्लातर्फ एक, अल्पसंख्यक तथा अपाङ्गता क्षेत्रका एक र महिला एक गरेर तीन स्थान रिक्त हुन लागेको हो । सो स्थान पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

एमालेले खुल्लातर्फ स्याङ्जाका चक्रबहादुर पराजुली, बागलुङका मोहनलाल शर्मा र म्याग्दीकी ममतादेवी शर्मा उपाध्यायको नाम सिफारिस गरेको छ । त्यस्तै, अल्पसंख्यक तथा अपाङ्गतातर्फ कास्कीका मेघराज आचार्य, मुस्ताङका हेमन्त शेरचन र गोरखाकी मीना वरामको नाम सिफारिस भएको एमाले गण्डकीले जनाएको छ । यसैगरी, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, कास्कीकी सगुन गुरुङ र स्याङ्जाकी ईश्वरी सिग्देल आचार्यको नाम सिफारिस भएको एमाले गण्डकीका अध्यक्ष नवराज शर्माले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।