पुस १८ पोखरा । पोखरा जेसिज र पोखरा लेडी जेसिजको संयूक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा सम्पन्न भएको एक कार्यक्रमका विच पोखरा लेडी जेसिज बर्ष २०२४ का अध्यक्ष गायत्री फुयाँल र पोखरा जेसिज बर्ष २०२४ का अध्यक्ष देवराज शर्माले पदभार ग्रहण गरेका हुन् ।
नेपाल जेसिज २०२४ का अध्यक्ष जेसिआई सिनेटर रबिन पोखरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पोखरा लेडी जेसीज बर्ष २०२३ का अध्यक्ष लक्ष्मी कुँवरले फुयाँललाई र पोखरा जेसिज बर्ष २०२३ का अध्यक्ष गणेश गिरीले शर्मालाई पदभार हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा जेसिआई म्याग्दी बर्ष २०२३ का अध्यक्ष जेसि सुमन बानिया, नेपाल पत्रकार महायंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, पर्यटन परीषद पोखराबाट पोमनारायण श्रेष्ठ, गण्डकी अञ्चल चेम्बर अफ कमर्सका अध्यक्ष किसान सुनार लगायले बोलेका थिए ।
पोखरा जेसिज र पोखरा लेडि जेसिजको सयंक्त पदस्थापन कार्यक्रममा संयोजक ईसा आले स्वागत र पोखरा जेसिजका सचिब तिलक पौडेल र पोखरा लेडी जेसिजका कार्यकारीणि उपाध्यक्ष सुनिता गौतम भण्डारीले संयुक्तरुपमा सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







