कास्की जिल्ला स्तरीय ब्रेल लिपी लेखन प्रतियोगितामा दीपक प्रथम

- प्रतियोगितामा रोहित द्वितीय, कविता तृतीय


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८० मा प्रकाशित




पोखरा, पुस १९

कास्की जिल्ला स्तरीय ब्रेल लिपी प्रतियोगितामा दीपक अधिकारी प्रथम भएका छन् । २१५ औं लुईस ब्रेल दिवस तथा विश्व ब्रेल दिवस २०२४ को अवसरमा विहीबार नेपाल दृष्टिविहीन कल्याण संघ कास्कीले पोखरामा विहीबार आयोजना गरेको ब्रेल लिपी लेखन प्रतियोगितामा १५५ शब्द मध्ये १४२ शब्द मिलाएर अधिकारीले प्रथम हुँदै नगद ५ हजार प्राप्त गरेका हुन् ।

लायन्स क्लव अफ पोखरा मुनालको सहयोगमा भएको प्रतियोगितामा रोहित गुरुङ द्वितीय भए । १५५ शब्द मध्ये १३४ शब्द मिलाएर दोश्रो भएका रोहितले नगद ३ हजार प्राप्त गरे ।

त्यस्तै प्रतियोगितामा कविता आचार्य तृतीय भईन् । १५५ शब्द मध्ये १३३ शब्द मिलाएकी कविताले नगद २ हजार प्राप्त गरिन् ।

बिजयीहरुलाई शिक्षा विकास तथा समन्वय ईकाई कास्कीका ईकाई प्रमुख लोकनाथ आचार्य, सहयोगी संस्था लायन्स क्लव अफ पोखरा मुनालका अध्यक्ष केशव बराल, नेपाल दृष्टिविहीन संघ कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गलगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।