पोखराः रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।
रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् ।
निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए ।
क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।
‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर काम गर्दै आएको छ, मेरो कार्यकालमा पनि सामाजिक उत्तरदायित्वमा रहेने नै काम गर्ने प्रतिवद्धता गरेको छु’, सुनारले भने, ‘आजको स्वास्थ्य शिविर आर्थिक अवस्था कमजोर भएका स्थानीयहरुलाई मध्यनजर गरेर सञ्चालन गरेका छौं ।’
उनका अनुसार निशुल्क स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नशा सम्बन्धी, श्वास कास शिर रोग, स्त्री तथा प्रसुति रोग, पेट सम्बन्धी रोग र गुद्द्धार सम्बन्धी रोगको निशुल्क जाँच तथा औषधी वितरण गरिएको थियो ।
रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरको उद्घाटन रोटरी डिस्ट्रिक ३२९२ का पूर्व गभर्नर पिडिजी किरणलाल श्रेष्ठले गरेका थिए । पोखरा महानगरपालिका–१७ वडा कार्यालय,बाराही टोल सुधार समिति र पुल्चोक टोल सुधार समितिको स्थानीय व्यवस्थापनमा स्वास्थ्य शिविर सम्पन्न भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, असोज ११ युवा नेता सुवर्ण केसीले नेपाली कांग्रेस कास्की क्षेत्र नम्बर…







