ने.रे.सो. पोखरा–८ उपशाखाको साधारणसभा सम्पन्न


     एभरेस्ट आवाज    
     पौष २२ गते २०८० मा प्रकाशित




पुस २२ पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखाले १७ औं साधारण सभा सम्पन्न भएको छ ।

साधारण सभाको नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति डण्डराज शर्माले उद्घाटन गरे । कार्यक्रममा
कास्की क्षेत्र नं. ३ का संघीय सांसद दामोदर शर्मा, जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष विरेन्द्र नारायण विजुक्छे, समाजसेवीद्वय परशुराम बराल र रमेश बराल, पूर्व सभापति सोमनाथ बरालले शुभकामना मन्तव्य व्यक्त गरे ।

पोखरा–८ उपशाखा सभापति सीता पाण्डेको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपशाखा सदस्य कुलमाया क्षेत्रीले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।