साङ्केतिक तस्विर
पुस २२ पोखरा । पोखरामा जुवातास खेल्दै गरेका ८ जना नगदसहित पक्राउ परेका छन् ।
पोखरा –१२ चापापानीस्थित एक घरमा जुवातास खेलिरहेको सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगदसहित पक्राउ गरेको हो ।
पोखरा–१०, ११, १२, १३, १६, ३० घर भएका उनीहरुलाई ४ बुक ताससहित नगद एक लाख ३५ हजार ९८५ सहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर सम्बन्धी मुद्दामा पाँच
दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी श्रवणकुमार
विकले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







