पोखरा । पोखरा इन्जिनियरिङ्ग कलेजमा ब्याच्लर अफ इञ्जिनियरिङ इन इन्र्फमेसन टेक्नोलोजी (बीईआईटी) कार्यक्रममा अध्यापन शुरु भएको छ ।
पोखरा विश्व विद्यालयबाट सम्बन्धन प्राप्त कलेजले सो कार्यक्रम गण्डकी प्रदेशमा नै पहिलो पटक सञ्चालन गरेको कलेजका प्रशासन प्रमुख चिजकाजी गुरुङले जानकारी दिए ।
सोमबार बीईआईटी कार्यक्रममा भर्ना भएका विद्यार्थीहरुलाई एक अभिमूखि कार्यक्रमका विच उक्त कार्यक्रमको बारेमा जानकारी गराइएको छ ।
अभिमूखि कार्यक्रममा आईसीटी एण्ड इलेक्ट्रोनिक्स इन्नोभेसन ल्याव गण्डकी प्रदेशका कार्यक्रम संयोजक ई.ख हरिबहादुर पहाडीले वर्तमान समयमा विश्व बजारमा आइ टी क्षेत्रको सम्भावना फराकिलो हुँदै गएको बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले कलेजबाट उत्पादित विद्यार्थीहरु आविष्कार केन्द्रमा मार्फत विभिन्न तालिमहरु लिइरहेको भन्दै आगामी दिनमा पनि केन्द्रले कलेजसँगको निरन्तर सहकार्यका लागि तयार रहेको बताए । उनले भने, ‘पोखरालाई सिलिकन सिटीको रुपमा विकसित गर्ने आविष्कार केन्द्रको सोच रहेकोले छ , प्रविधिसंग जोडिदैं होस्टेमा हैंसे गरौं ।’
कार्यक्रममा प्रशासन प्रमुख चिजकाजी गुरुङ, विभागीय प्रमुख ई. सुरज बसन्त तुलाचन, परीक्षा प्रमुख ई. सन्दिपगुप्ता र प्रिन्सिपल ई. सोम गुरुङले बजारको माँग बमोजिमको प्राविधिक जनशक्ति उत्पादन गर्न कलेज कटिबद्ध रहेको बताएका थिए । साथै आविष्कार केन्द्रसंग सहकार्य निरन्तरता रहनुपर्नेमा जोड दिएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







