काठमाडौं ।युवापुस्ताका लोकप्रिय गायक तथा पत्रकार निर्मल दाहालले खेल र खेलाडीको सम्मानमा खेलकुद गीत ‘हारजित’ सार्वजनिक गरेका छन् ।
फरक शैलीको गीतमा जम्दै गरेका गायक निर्मलले त्यसैको निरन्तरतास्वरुप ‘जित तिम्रो मान बनोस, हार तिम्रोज्ञान बनोस’ बोलको गीत ल्याएको बताए ।
विभिन्न बहानामा विभाजित हुँदै गएको समाजलाई खेलकुदले एकताको सुत्रमा बाधिरहेका कारण खेलाडीको सम्मानमा गित कोरेकोनिर्मलको भनाई थियो ।
दाहालको आफ्नै रचना, संगीत र स्वरमा रहेको गीतमा उनलाई र्यापर सुभम बोहरा (आत्मा)ले साथ दिएका छन्। गीतको भिडियोमा दाहालले नेपाली खेलाडी र खेलकुदको सम्मानका लागि विभिन्न खेल प्रतिस्पर्धाका दृष्यहरू कैद गरेका छन् ।दाहालले यसअघि पागल, अचेल, जब घामलगायतका गीतहरू सांगितिक बजारमा लाइसकेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







