३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसः राष्ट निर्माणमा शाहको भूमिका विषयक रेडियो परिचर्चा


     एभरेस्ट आवाज    
     पौष २७ गते २०८० मा प्रकाशित




पोखरा । आधुनिक नेपालको एकीकरण अभियानका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको ३०२ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज विभिन्न कार्यक्रम गरी मनाईएको छ ।

दिवसको अवसरमा नागरिक समाज कास्कीले एभरेस्ट एफएम ९३ मेगाहर्जको सहकार्यमा राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको भूमिका विषयक रेडियो परिचर्चा कार्यक्रम गरेको हो ।

सोहि अवसरमा कार्यक्रमको प्रमुख वक्ताका रुपमा प्रा.डा. ज्ञान बहादुर कार्कीले नेपाल राष्ट निर्माणमा पृथ्वीनारायण शाहको भुमिकाको चर्चा गर्दै अब इतिहासको चर्चा मात्र गर्ने नभई इतिहासलाई समृद्धिका लागि उपयोगसमेत गर्नुपर्ने बताएका बताएका छन्। उनले राजनीतिक परिवर्तनका घटनाक्रम चलिरहने भए पनि इतिहासलाई कहिल्यै मर्न दिन नहुनेमा जोड दिए ।

उनले पृथ्वीनारायण शाहको दिव्य उपदेशबाट सिकेर सबै एकताबद्ध भई समृद्धिको उचाइ हासिल गर्नतर्फ लाग्नुपर्ने बताए । उनले शाहको कुसल नेतृत्व र दूरदर्शिताका कारण आज नेपाल विश्वसामु परिचित भएकोले यसको अनुकरणीय कार्यको सबै क्षेत्रले अनुशरण गर्नु आवश्यक भएको बताए ।

नागरिक समाज कास्कीका संयोजक नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रममा कास्कीका विभिन्न विद्यालयका करिव ५० जना भन्दा बढी विद्यालथीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रम पश्चात पृथ्वीनारायण शाहको ईतिहासको विषयमा विद्यार्थीहरुले जिज्ञासा राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।