पुस २९ पोखरा । अमला विसौंनी धोविनी पाटन टोल विकास संस्थाको सम्पन्न अधिवेशनले खगेन्द्र थापाको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति चयन गरेको छ ।
शनिवार सम्पन्न संस्थाको नवौं अधिवेशनवाट उपाध्यक्षमा लक्ष्मी श्रेष्ठ, सचिवमा राजु खड्का, सहसचिवमा राजेन्द्र शाही ठकुरी, कोषाध्यक्षमा भुवनकुमार पौडेल, सह कोषाध्यक्षमा भुवनवहादुर वस्नेत र सदस्यहरुमा सिता थापा, गंगा कार्की, सन्तोष खत्री, राधा थापा, सरिता अधिकारी, लक्ष्मी पौडेल र सिर्जना थापा चयन भएका छन् ।
यस अघि अधिवेशनको उद्घाटन गर्दै पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सीनाले वडाको समग्र विकासमा टोल विकास संस्थाको भुमिका अभिभावकीय रहने गरेको बताए ।
कार्यक्रममा पुर्व अध्यक्ष कृष्णकुमार श्रेष्ठ, सल्लाहकार होमवहादुर खड्का, संरक्षण आमा समुहका अध्यक्ष पार्वती बस्नेत, सरस्वती मन्दिरका अध्यक्ष दीपेन्द्र बस्नेत, भजन समुहका राजेन्द्र शाही ठकुरी, पुर्व सदस्य कृष्णवहादुर खड्कालाई प्रमुख अतिथी तिमिल्सीना र अध्यक्ष रेक वहादुर थापाले सम्मान गरे ।
सो अवसरमा संस्थाको आर्थिक प्रतिवेदन कोषध्यक्ष भुवन बस्नेत र वार्षिक प्रतिवेदन सचिव लक्ष्मी श्रेष्ठले प्रस्तुत गरे । लक्ष्मी श्रेष्ठले संचालन गरेको कार्यक्रमको अध्यक्षता रेक बहादुर थापाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







