माघ १ पोखरा । माघे संक्रान्तिको अवसरमा नेपाल मगर संघ कास्कीले शुभकामना आदन प्रदान, विद्यार्थी सम्मान, खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम २०८० सम्पन्न गरेको छ ।
कार्यक्रमको गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । कार्यक्रममा बोल्दै गुरुङले संख्याको आधारमा आदिवासी जनजातिहरुलाई समाबेसी समानुपातीक र प्रतिनीधित्व गर्नुपर्नेमा जोड दिए । नेतृत्व तहमा प्रतिनिधित्व नभए सम्म आदिवासी जनजातिको अधिकार सुनिश्चित नहुने उनको जिकिर रहेको थियो । मातृभाषा सवैले अनिबारे सिक्नुपर्ने र अधिकारका लागि सवै एक हुनुपर्नेमा समेत उनले जोड
नेपाल मगर संघका केन्द्रीय उप–महासचिव खेम पुनमगरले इतिहास मेट्ने अधिकार कसैलाई नभएको भन्दै, प्रत्यक्ष रुपमा बसेर छलफल र बार्ता गरी समस्याको समाधान गनुपर्ने बताए । गणतन्त्र विरोधीहरुले आदिवासी जनाजातीहरुलाई विभाजनका लागि प्रयत्न गरिरहेको बताए । उनले यसका लागि आदिवासी जनाजातीहरुलाई सजक बन्न आग्रह गरे ।
आदिवासी जनजाति समन्वय समिति गण्डकी प्रदेशका मुख्य सचिव सुजन लामाले आफ्नो भाषा संस्कार, संस्कृति संरक्षणसँगै आफ्नो अधिकारलाई र्सिन नहुने बताए ।

नेपाल मगर संघ केन्द्रीय समिति भाषिक उपाध्यक्ष फुलकुमारी थापा मगरले पछिल्लो समयमा भाषा लोप हुदै गएकोमा चिन्ता व्यक्त गर्दै, सवैलाई भाषा सिक्न र सिकाउनुका साथै, भाषा संरक्षणमा लागेको अवस्थामा मात्र संस्कार, संस्कृति र रितिरिवाज संरक्षण हुने विश्वास व्यक्त गरे ।
तमुधि नेपालका अध्यक्ष हुम बहादुर तमुले प्रथम सहिद लखन थापा मगरको सालिक माीथ् बारामबार प्रहार गरिरहदाँ सरकारले रामराज्य हेरी रहेको आरोप लगाए । यस प्रति आफु सहिद हुन तयार भएको बताउदै उने सवै मगर सामुदाय तथा आदिवासी जनाजाति सवै एकताका साथ जस्तौ सुकै परिस्थितमा अघिवढ्नुपर्नेमा जोड दिए ।
साथै २०८४ को चुनावमा आप्नै सामुदायलाई नेतृत्व तहमा पुु¥याउन सके जनजातिहरुको आवाजको संबोधन हुने जानकारी गुरुङले दिए ।
कास्की प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले सुशासन विकास निर्माण तथा हरेक सेवा प्रवाहमा समन्वय गरी अघि वढ्नु पर्ने आवश्यक भएको बताए ।यस भन्दा अघि सदभाव भत्काउन प्रयास गरिएको स्मरण गर्दै, अधिकारी घिमिरेले बुद्धिमता, सहिष्णुताका साथ चिर्न सफल भएको जानकारी दिए । कार्यक्रममा पाँचौ माघे सक्रान्ति अन्तर इकाई स्तरीय व्याडमिन्टन तथा डोरी तान्ने खेलमा प्रथम तथा द्धितिय हुनेहरुलाई पुरस्कार वितरण गरिएको थियो ।
त्यसैगरी उच्च शिक्षा हासिल गरेका विद्यार्थीहरु र सहयोग दाताहरुलाई सम्मान गरिएको थियो भने, विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । संघका जिल्ला अध्यक्ष राम बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संघका उपाध्यक्ष सुबेदार मेजर चन्द्रबहादुर पुन मगर र सचिव लाल बहादुर रानामगरले कार्यक्रमको सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







