पोखरा लेडी जेसीजमा क्षमता विकास तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     माघ २ गते २०८० मा प्रकाशित




माघ २ पोखरा । पोखरा लेडी जेसीजको आयोजनामा लर्न टु रिड तालिम कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका सदस्यहरुको नेतृत्व तथा क्षमता विकासको लागि आयोजित कार्यक्रममा पत्रकार दीपेन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले नेतृत्व विकाससम्बन्धी बारे प्रशिक्षण गरेका थिए ।

संस्थाका अध्यक्ष गायत्री फुयालको अध्यक्षतामा भएको कार्यक्रमको संयोजन उपाध्यक्ष रेजिना कटुवालले गरेकी थिइन् ।

तलिमले नेतृत्व तथा क्षमता विकासमा लाभादायक रहेको कांर्यक्रम संयोजक कटुवालले जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।