पुर्व प्रहरीहरु संगठीत हुँदै, नेपाल पुर्व प्रहरी संगठन ईकाइ समिति लेखनाथ गठन


     एभरेस्ट आवाज    
     माघ २ गते २०८० मा प्रकाशित




माघ २ पोखरा । आफ्नो जवानी अवस्थामा देश र जनताको लागि सेवा गरेर निर्वीत भएका पुर्व प्रहरीहरु संगठित हुदै सामाजिक क्षेत्रमा क्रियासिल हुने भएका छन् ।

जागिरे जीवनमा संगालेका अनुभवको प्रयोग गरि सामाजिक क्षेत्रमा क्रियासिल हुने उदेश्यका साथ स्थापना भएको नेपाल पुर्व प्रहरी संगठन ईकाइ समिति लेखनाथ गठन गरिएको छ ।

यसैविच ईकाइ समितिले छैटौं साधारण सभा तथा दोस्रो अधिवेशन गरि कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

आगामी तिन वर्षिय कार्यकालका लागि गठन भएको समितिको उपाध्यक्षमा यम बहादुर रानाभाट,सचिवमा युद्धविर खड्का,कोषाध्यक्षमा नगेन्द्रराज त्रिपाठीलाई चयन गरेको हो भने समितिको सदस्यका बासुदेव पण्डित,भीमराज रानाभाट,विष्णु भण्डारी,तेज प्रसाद गौतम, शुक्रराज अधिकारी, लक्ष्मी अधिकारी, मेघनाथ सुवेदी र सुर्य प्रसाद तिमिल्सेना रहेका छन् ।

यस्तै समितिको सल्लाहकारमा मिलन वस्नेत,उत्तम प्रकाश बराल,पुर्ण भुजेल,शिवजी तिवारी,डिल बहादुर नेपाली,रमोराज त्रिपाठी,खेमराज त्रिपाठी र सोमलाल श्रेष्ठलाई चयन गरेको हो ।

यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पुर्व प्रहरी संगठनका केन्द्रिय उपाध्यक्ष एकनारायण शर्माले जागिरे जिवन पछिको समयलाई समाज सेवामा समाहित गर्दै देश र जनताको लागि मार्गनिर्देशक भएर अगाडी वढ्न आग्रह गरे ।

संगठनका अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेनाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पुर्व प्रहरी संगठन कास्कीका अध्यक्ष धर्म पौडेल,लेखनाथ उद्योग बाणिज्य संधकी महासचिव जानुका अधिकारी, प्रहरी परिवार महिला संधकी केन्द्रिय सदस्य शान्ति अधिकारी लगाएतले जागीरे जिवनमा जसरी देश र जनताका लागि सहयोग गरिएको थियो अव पनि जिम्वेवारी भएर लाग्नु पर्नेमा जोड दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।