माघ ३ पोखरा । पोखरामा जारी टाइगर कप भलिबल प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालामा जारी प्रतियोगितामा बुधबारको खेल सकिएसँगै महिला तथा पुरुष दुबैतर्फ अन्तिम चारमा पर्ने टिमको टुंगो लागेको हो ।
टाइगर कपको सेमीफाइनलमा महिलातर्फ समूह ए बाट ५ अंकसहित सशस्त्र प्रहरीको एपीएफ क्लव बिजेता र ३ अंक जोडेको नेपाल पुलिस क्लव उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका छन् । त्यस्तै समूह बी बाट ६ अंक जोडेको चन्द्रागिरी नगरपालिका न्यू–डायमण्ड एकेडेमी समूह बिजेता र ४ अंक जोडेको त्रिभूवन आर्मी क्लव समूह उपबिजेता बन्दै सेमीफाइनलमा प्रवेश गरेका हुन् ।
महिलातर्फको सेमीफाइनल खेल विहीबार हुनेछ । पहिलो सेमीफाइनलमा समूह ए को बिजेता एपीएफ र समूह बी को उपबिजेता त्रिभूवन आर्मीबीच हुनेछ भने दोश्रो सेमीफाइनल समूह बी को बिजेता चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमी र समूह ए को उपबिजेता नेपाल पुलिस क्लवबीच हुने प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत विहीबार भएको महिलातर्फको लिग चरणको खेलमा एपीएफ क्लवले आयोजक गण्डकीलाई सोझो सेटमा सहजै पराजित ग¥यो । नेपालको भलिबल टिमकी राष्ट्रिय कप्तान अरुणा शाहीको नेतृत्वमा तीन भारतीय खेलाडीसहित प्रतिष्पर्धामा उत्रिएको आयोजक गण्डकी एपीएफसामु निरीह बन्यो । एपीएफले गण्डकीलाई २५–१६, २५–९ र २५–१७ को सोझो सेटमा पराजित गरेको हो । हारसँगै अंकविहीन् बनेको गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।
अर्को खेलमा चन्द्रागिरी न्यू–डायमण्ड एकेडेमीले विदेशी टिम भारतको हरियाणालाई सोझो सेटमा पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ । चन्द्रागिरी न्यू–डायमण्डले हरियाणालाई २५–१७, २५–१८ र २५–१६ को सोझो सेटमा हराएको हो । जितसँगै चन्द्रागिरी न्यू–डायमण्ड सेमीफाइनलमा प्रवेश गर्दा हरियाणा अंकविहीन् बन्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
प्रतियोगिता अन्तर्गत पुरुषतर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लव, श्रीलंका आर्मी र हेल्प नेपाल स्पोर्टस क्लव सेमीफाइनलमा प्रवेश गर्ने टिमको टुंगो विहीबार हुने त्रिभूवन आर्मी क्लव र आयोजक गण्डकीबीचको खेलले लगाउनेछ । पुरुषतर्फ समूह बी बाट ३ अंक जोडेको एपीएफ समूह बिजेता र त्यत्तिनै अंक जोडेको श्रीलंका आर्मी सेमीफाइनलमा प्रवेश गरेका हुन् भने समूह ए बाट ६ अंक जोडेको हेल्प नेपाल स्पोर्टस क्लव सेमीफाइनलमा प्रवेश गरेको छ । यो समूहबाट गण्डकी र त्रिभूवन आर्मी मध्ये कुन टिम सेमीफाइनलमा प्रवेश गर्नेछ भन्ने विहीबारको खेलले टुंगो लगाउने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए ।
प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा नेपाल पुलिस क्लवले विदेशी टोली श्रीलंका आर्मीलाई ३–१ को सेटमा पराजित गरेको छ । कडा प्रतिष्पर्धाकाबीच भएको खेलमा पुलिसले श्रीलंका आर्मीलाई पहिलो सेट ४१–३९ ले पराजित ग¥यो । टाइगर कपमा पहिलो पटक यति धेरै अंकमा सेटको छिनोफानो भएको हो । पहिलो सेट जितेको पुलिसले त्यसपछिका सेट भने १३–२५, २०–२५ र १७–२५ ले सुम्पियो । जितसँगै श्रीलंका आर्मी पुलिस सेमीफाइनलमा प्रवेश गर्दा पुलिस भने प्रतियोगिताबाट बाहिरिएको छ ।
सुमह ए को अर्को खेलमा आयोजक गण्डकी प्रदेशले टिप टप हेल्प नेपाल स्पोर्टस क्लवलाई ३–२ को कठीन जित हात पा¥यो । बुधबार भएको खेलमा गण्डकीले तीन जना पाकिस्तानी खेलाडी सम्मिलित हेल्प नेपाललाई २५–१९, १५–२५, २५–१७, २५–२२ र१५–१२ पराजित गर्दै सेमीफाइनलको आशा जिवित राख्यो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







