निसीखोला । बागलुङ्गको निसीखोला वडा नं. ६ भल्कोतमा आजदेखि पुतली मेला सुरु भएको छ ।

“शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए संस्कार हराउँछ, संस्कार हराए जाती हराउँछ”भन्ने नाराका साथ परम्परादेखि मगर समुदायले मान्दै आएको ऐतिहासिक तथा सांस्कृतिक पुतली मेलाको गण्डकी प्रदेशका उद्योग पर्यटन तथा वातावरण मन्त्री दिपेन्द्र थापामगरले उद्धघाटन गरेका हुन् ।

सोहि अवसरमा प्रमुख अतिथी थापामगरले मगर समुदायको बाहुल्यता रहेको यस स्थानको पुतली नाँच जस्तो ऐतिहासिक मेलाले समुदायलाई सांस्कृतिक रुपमा धनि बनाएको बताए । उनले प्रदेश सरकारले यस्ता संस्कृतिको संरक्षण र प्रवद्धन गरि पर्यटनसंग जोड्नका लागि विशेष नीति तथा योजनाहरु ल्याएको जानकारी दिए ।

सोहि अवसरमा निसीखोला गाँउपालिकाका अध्यक्ष सुर्य बहादुर घर्तीमगरले परम्परादेखि मानिदै आएको यस मेला सिंगो निसीखोलाबासीकै साझा सांस्कृतिक सम्पति भएकोले पालिका भित्रका हरेक संस्कृतिलाई पहिचान र प्रवद्धन गर्न कोसिस गरिरहेको बताए ।

कार्यक्रममा तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढा,ढोरपाटन नगरपालिकाका कार्यवाहक अध्यक्ष कल्याण कायत लगाएत निसीखोलागाउँपालिका भित्रका प्रत्यक वडाका अध्यक्ष,विभिन्न दलका पाटीप्रतिनिधी तथा स्थानिय बुद्धिजीविहरुको उपस्थिति रहको थियो ।
त्यसै गरि साँझ राष्ट्रिय कलाकार विष्णु खत्रीले निसीखोलाका दर्शकहरुलाई छमछमी नचाएका छन् ।

त्यससैगरि कलाकार राजेन्द्र घर्तीमगर र दिलु पुनमगर लगाएतका कलाकारले पनि आफ्नो प्रस्तुति मार्फत साँझ दर्शकलाई छमछमी नचाएका छन् ।

तिलाचन युवा क्लवको आयोजनामा आजबाट सुरु भएको यस मेलामा आज विशेषगरि यस स्थानमा मगर राजाले राज्य सञ्चालन गर्दा परिचालित गरिएका सेनाहरुको झलकलाई विभिन्न युद्ध कलाहरु मार्फत प्रदर्शन गरिएको छ भने राजा रानीको सम्झनामा थांगनाको पुतली बनाएर प्रकृयागत रुपमा गंगामा टोप सलामीका साथ विसर्जन गरिएको छ ।



भोलीदेखि विभिन्न खेलकुदका कार्यक्रमहरु सुरु हुनका साथै विभिन्न कलाकारहरु मार्फत दर्शकलाई थप मनोरञ्जन प्रदान गरिने छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







