पोखरा । नवौं राष्ट्रिय योग दिवस–२०८० अवसरमा पोखरामा एक दिवसीय योग साधना भएको छ । पातञ्जल योग समिति नेपाल, कास्कीले प्रदेश समिति तथा पोखरा नगर समितिको समन्वयमा सो योग साधना भएको हो।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले योग स्वस्थ रहन अति आवश्यक भएको बताए । उनले सबैले योग गर्नुपर्ने बताउँदै हरेक दिन बिहान ५ देखि ७ बजेसम्मयोगका लागि उपयोगि हुने बताए । उक्त समयमा योग गर्न उपयुक्त भएकोले समय मिल्दैन भनेर बहाना गर्न उचित नहुने उनको भनाइ थियो ।
नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारीले योग सबैका लागि आवश्यक भएको बताइन् । उनले यसको महत्वलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने र शिक्षाको रुपमा अगाडि बढाउनु पर्नेमा जोड दिइन् ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयका उपसचिव भोजराज न्यौपाने, प्रदेश खेलकुद परिषद् गण्डकीका निवर्तमान सदस्यसचिव तेजबहादुर गुरुङ, गण्डकी मेडिकल कलेजका सिइओ प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, लायन्स क्लब ३२५ आइका भिडिजी विनोद ढुंगाना लगायतको उपस्थिति थियो ।
यस्तै, पातञ्जल योग समिति उपाध्यक्ष, गण्डकी इन्चार्ज कमला गुरुङ, कास्की तथा गण्डकी प्रदेश र नगर समितिका पदाधिकारीहरु र सयौं योग साधकको सहभागिता रहेको योग प्थिरशिक्षक सपना गुरुड.ले जानकारी दिइन् ।
कार्यक्रममा अन्तर्राष्ट्रिय योग प्रशिक्षक प्रेम शाहीले विशेष योगा प्रदर्शन गरेका थिए । समितिले वर्षभर गरेका कार्यको प्रस्तुति देखाएको थियो । योग प्रशिक्षक कमला गुरुङले प्रशिक्षण दिएकी थिइन् । पातञ्जल योग समिति कास्की अध्यक्ष रामबहादुर सुनारको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव मुक्ति पनेरूले गरेका थिए ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







