पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र ब्याण्ड गुञ्जिदै


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८० मा प्रकाशित




पोखराको अमरसिंह खेल मैदानमा जारी बाह्र्रौँ संस्करणको पोखरा महोत्सवमा आज एलिना चौहान र मन्त्र व्याण्डले प्रस्तुती दिदैछन् ।

‘युवाको जाँंगर राष्ट्र निर्माणको आधार’ भन्ने नारासहित युनाइटेड क्लव पोखराको आयोजनामापुस २६ गतेदेखि शुरु महोत्सवमा आज दिउँसो एलिना चौहान र साँझ मन्त्र व्याण्डले प्रस्तुती दिने क्लवका महासचिव दीनेश सुनारले जानकारी दिए ।

महोत्सवमा आज एलिनासंगै जीवन दाहाल, शिवहरी ढुंगाना, निश्चल दवाडी, सबिना गुरुङ, शान्ता बर्देवा, माधव चाँपागाई, कमला गैरे, बिनिता क्षेत्री, सुरेश भुर्तेल लगायतको प्रस्तुती रहने छभने सांझको लाइभ ब्याण्ड तर्फ मन्त्र ब्याण्डको प्रस्तुती रहनेछ ।

महोत्सवको आठौं दिनसम्ममा दर्शकको उपस्थिती बढ्नुका साथै राखिएका स्टलहरुमा ब्यापार समेत बढेको छ । महोत्सवमा जाडोयामका लत्ता कपडा, घरायसी सामाग्री किन्नेको भीड लाग्ने गरेको छ ।

त्यसैगरी महोत्सवमा भेषभूषामा तस्विर खिचाउने, हिमाली याकको अवलोकन गर्ने, नेपाल टेलिकमको निशुल्क सिम लिने, घोड सवार गर्नेको समेत भीड लागेको छ । महोत्सवमा अनलाइन मार्फत रेभल एपबाट घरमै बसेर समेत महोत्सवमा आउने दर्शकले टिकट काट्न सक्ने र हरेक दिन तीन जनालाई निशुल्क टिकटको समेत ब्यवस्था गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।