माघ ५ पोखरा । टाइगर कप भलिबल प्रतियोगिताको उपाधि पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लव र महिलातर्फ सशस्त्र प्रहरी बलको एपिएफ क्लवले जितेको छ । प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा महिलातर्फ चन्द्रागिरी न्यु–डायमण्ड एकेडेमीलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले तेस्रो पटक लगातार उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको हो ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको पुरुषतर्फको खेलमा एपिएफले २५–२०, २५–१८ र २५–२१ ले हराउँदै उपाधिमाथि ह्याट्रिक गरेको हो । उपाधि जितेको एपिएफले नगद ५ लाख ५५ हजार ५५५ तथा उपबिजेता न्यू–डायमण्ड एकेडेमीले नगद रु २ लाख ५५ हजार ५ सय ५५ जितेको छ ।
प्रतियोगिताको पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्टस क्लब काठमाण्डौले उपाधि जितेको छ । डिफेन्डिङ च्याम्पियन गण्डकी प्रदेश भलिबल संघलाई ३–१ को सोझो सेटमा पराजित गर्दै हेल्प नेपाल स्पोर्टस क्लबल च्याम्पियन बनेको हो ।
प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा हेल्प नेपाल स्पोर्टस क्लवले आयोजक गण्डकीलाई २५–२१३ २५–१८, २३–२५ र २५–१७ ले हराउँदै उपाधिमाथि कब्जा जमएको हो ।
उपाधि जितेको महिला तथा पुरुष दुबै तर्फका टिमले नगद ५ लाख ५५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगितातर्फ उप–बिजेता बनेका पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ र महिलातर्फ न्यू–डायमण्ड एकेडेमीले दोश्रा हुँदै नगद २ लाख ५५ हजार ५सय ५५ प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत उत्कृष्ट स्पाइकरमा एपिएफकी सरस्वती चौधरी, सर्भरमा एपिएफकी जस्मिता महतो, उत्कृष्ट सर्भरमा न्यू डायमण्डकी बाल्मिका आचार्य, उत्कृष्ट ब्लकरमा आर्मीकी सुनिता खड्का, र उत्कृष्ट न्यू डायमण्डकी सलिना श्रेष्ठ घोषित भए ।
त्यस्तै, उत्कृष्ट प्रशिक्षकमा एपिएफका महेश चौधरी घोषित भए । उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ को अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना…







